विषय विज्ञप्ती

 प्रेस विज्ञप्ति 

    



     

       प्रीय विद्यार्थीसाथिहरू, अविभावकज्युहरू 

सहयोदा कमरेडहरु सम्पुर्णमा अभिवादन!


म उच्च शिक्षा हासिंल गर्नका लागि देशको राजधानी आँए । राजधानीमा अध्ययन गर्दा हाम्रो राज्यले ज्ञान पनि किनबेच गरिरहेको देखे । म राम्रो शिक्षा दीक्षा लिएर देश र जनताको सेवा गर्न चाहान्थे । के गर्ने यहाँ त राज्यले पनि विद्यार्थीको दर्जा तोकेको रहेछ । दर्जा अनुसारको शिक्षा प्रणाली रहेछ । पढ्ने ठाउँ पनि छुट्टै । हुनेखाने र हुँदा खानेले पढ्ने फरक फरक । यस्तो बिभेदकारी राज्यको नीति देख्दा मलाई लाग्यो अब त्यस्तो शिक्षा प्रणालिका विरुद्ध लाग्नुपर्छ र सबैमा समान शिक्षा प्रणालीको स्थापना गर्नुपर्छ भनेर अखिल(क्रान्तिकारी) मा आवद्ध भए । यो नेपाल कम्युनिस्ट पार्टी समर्थित   जनगणतान्त्रिक सम्पर्क मन्च थियो । तर यो पार्टी अहिले बिभाजन हुन पुगेको छ । 

हामीलाई थाहा छ । जनताका मुद्धाको, वर्गिय विभेदको समाधान कम्युनिस्ट हरूले नै गर्न सक्छन् । तर नेपालका कम्युनिस्टहरूमा आफ्नो स्वार्थ, निजि सम्पती र निजिकरणका लागि नै मरिहत्ते गर्ने रोग देखियो । उनिहरूले यो आन्दोलनलाई आफ्ना नाता गोता र भाइ भतिजाहरूको भर्तीकेन्द्र मात्रै बनाए । जुन हामी युवाहरूका लागि निकै दु:खद छ । अब पछि बनेका पार्टीहरूले आन्दोलनको नेतृत्व गर्ने कुनै आधार मैले देख्न सकेन । अहिलेका नामधारी विद्यार्थी संगठनहरू स्वर्थहरूको समूह मात्रै हुन भन्ने कुरा प्रष्ट नै छ । 

    आन्दोलनलाई अगाडी बढाउने जिम्मा हामी युवाहरूको काँधमा आईपुगेको छ । त्यसैले नेपाली विद्यार्थीहरूका हकहितका लागि लड्न  हामी क्रान्तिकारी विद्यार्थी आन्दोलनमा लामबद्ध भएको व्याहोरा जानकारी गराउन चाहन्छौं । 


नेपालको वाम र कम्युनिस्ट आन्दोलनलाई पुनर्जागृत गर्न युवाहरूको आन्दोलन र अभियान निर्माण गर्न सदा तत्पर रहनेछु । साथै क्रान्तिकारी विद्यार्थी आन्दोलन(Revolutionary Student's  Movement RSM) मा गोलवद्ध हुन  सम्पुर्ण युवा विद्यार्थीहरुलाई आह्वान समेत गर्दछु।

धन्यवाद सहित लालसलाम !!


सरस्वती परियार 

नेपाल कम्नियुस्ट पार्टी जनगणतान्त्रिक सम्पर्क मन्च !!

Comments

Popular posts from this blog

प्रेस वक्तव्य

प्रेस वक्तव्य