प्रेस वक्तव्य




 मेडिकल चेकजाँच पछि कारागारमा फिर्ता  ल्याउदै प्रहरी  
प्रिय कमरेडहरू, एवम् आदरणीय जनसमुदाय ! 

   सर्वप्रथम म विश्वसर्वहारा वर्गको महान मुक्ती संघर्षमा बलिदान गर्ने सहिदहरू, नेपालको झापा आन्दोलन, दश वर्षको महान जनयुद्धमा बलिदान गर्ने योद्धाहरू, हामीले संचालन गरेको एकीकृत जनक्रान्तिमा बलिदान गर्ने , क. कुमार पौडेल, क.महान , क. निरन्तर , क.दिपेन्द्र, क.प्रज्वल , क. तिर्थ , क. राजेश, क. जगत , क. राजकुमार, क. शनराईज, क.निरकुमार राई, क. धनरूप बटला, लगाएत महान सहिदहरूमा क्रान्तिकारी लालसलाम ! बेपत्ता योद्धाहरूमा उच्च सम्मान, र घाईते कमरेडहरूको शिघ्रस्वास्थलाभको कामना ! 

      साथै जेल हिरासतमा झुट्टा मुद्दा लगाइएका कमरेडहरूको मुद्दा  फिर्ता गरि यथाशीघ्र रिहाईको माग गर्दछु । 

         नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र बिभाजनले थिलथिलो भएको छ, भने आन्दोलनलाई पूँजीवादसमक्ष सौदाबाजी गरेर पद , प्रतिष्ठा र पैसाकाको खेलोव्यापार हुनेगरेको कुरा घाम जस्तै छर्लङ्ग भएको छ ।  पछिल्ला दिनहरूमा यस्तै फुटको शिकार हुनपुगेको छ  नेपाल कम्युनिस्ट पार्टी । यो  विभाजन भएर नेकपा(बहुमत) बनेको छ । पार्टीका जिम्मेवार कमरेडहरू नै एक अर्कालाई लान्छाना लगाउने र गालिगलौजमा उत्रनुभएको छ । यसरी जिम्मेवार नेताहरूबाटै हुने यस्ता हर्कतहरू कम्युनिस्ट आन्दोलनको जीवन, नौजवान युवाहरूका लागि र स्वयंम आफैमा निकै गम्भिर र निकै सोचनिय छन्  । पार्टीका नेताहरूबाट माओवादी आन्दोलन या भनौं सिंगो कम्युनिस्ट आन्दोलनको रक्षा र विकाश गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने दिशातिर भन्दा पनि व्यक्तीगत इगो र प्रतिशोध साँध्नेतिर शक्ति र समयको दुरुपयोग भएको भान हुनथालेको छ । यसरी एक-अर्कालाई हिलो छ्यापाछ्याप गरेर प्रतिशोधको भावनाले अगाडी बढे नेपाली क्रान्तिको त कुरै छोडौँ ,  कम्युनिस्ट आन्दोलनको पनि रक्षा हुन सम्भव हुँदैन  । 

हतमा हत्कडी तर पनि ओठमा मीठो हाँसो , काठमाडौं जिल्ला अदलतमा के.सी.

   त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने काम अहिलेका यी स्वघोषित कम्युनिस्ट पार्टी र तिनका नेताहरूबाट हुनेकुरामा म विस्वस्त हुन सकिन भने आम जनसमुदाय र युवा पंक्ति पनि हुन सक्दैनन । त्यसैले आजैका मितिबाट यी दुई पार्टीमा नरहेको घोषणा गर्दछु । 

लिपुलेक, लिम्पिया धुरा नेपालले फिर्ता ल्याउन आन्दोलनमा त्रि-चन्द्र कलेजमा 

म आफै पनि घाईते भई २६ महिना कठिन जेल जीवन बेतित गरेको एक क्रान्तिकारी युवा हुनुको नाताले सहिदका सपना, घाईते योद्धाका सपना पूरा गर्नुका साथै आगामी दिनमा नेपाली क्रान्तिका कार्यभारहरू पूरा गर्न जस्तोसुकै संघर्षको पनि अग्र मोर्चामा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । 

मलाई भिविन्न कोणबाट सहयोग गर्ने सबै सबैमा हार्दिक आभार सहित धन्यवाद  व्यक्त गर्दछु । 

रिहापछी सम्मान कार्यक्रममा रविन के.सी.
 

  अन्त्यमा, नेपालको कम्युनिस्ट आन्दोलन, माओवादी आन्दोलनको रक्षा र विकाश गर्नका लागि एकजुट हुन सम्पुर्ण वामपन्थी, कम्युनिस्ट, वामपन्थी अनि कम्युनिस्टहरूलाई माया गर्ने जनसमुदाय, र युवा विद्यार्थीहरूमा अपिल गर्दछु । 

रिहा भएर आएपछी त्रि-चन्द्र क्याम्पसको नोटिसबोर्डमा रहेको महासचिव क.विप्लवको तस्विर नियाल्दै क.रविन के.सी.

            

                                  क्रान्तिकारी लालसलाम!!

                                  

मिति २०७९/०२/२४                                          

                                                            क. रविन के.सी

Comments

Popular posts from this blog

विषय विज्ञप्ती

प्रेस वक्तव्य