प्रेस वक्तव्य
प्रीय विद्यार्थी कमरेडहरू, साथिहरू, अविभावक ज्युहरू साथै जनसमुदायहरू ,
हामी विद्यार्थी हौँ ! हाम्रा लागि पनि श्रमजीवी जनताले निकै मेहनत गरेर आन्दोलनलाई यहाँ सम्म ल्याई पुर्याएका छन् । समाजको रुपान्तरण र अग्रगामी परिवर्तनका खातिर विद्यार्थी गंगालाल श्रेष्ठ , महान जनयुद्धमा प्रथम सहिद दिल बहादुर रम्तेल, एकीकृत जनक्रान्तिका क्रममा प्रज्वल शाही लगाएत हजारौं हजारले बलिदान गरेका छन् । संसार बदल्ने आन्दोलनमा बलिदान गर्ने महान सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली सहित रातो सलाम ! बेपत्ता कमरेडहरूप्रती उच्च सम्मान सहित उहाँहरूलाई सार्वजनिक गर्न माग गर्दछौं । र हामी घाईते योद्धाहरूको स्वास्थलाभको कामना गर्छौं । जेल हिरासतमा कठोर जीवन बिताईरहनुभएका महानुभाव /योद्धा ज्युहरूको सिघ्र रिहाईको माग गर्छौं ।
हामी उच्च शिक्षा हासिंल गर्नका लागि देशको राजधानी आयौं । राजधानीमा अध्ययन गर्दा हाम्रो राज्यले ज्ञान पनि किनबेच गरिरहेको देख्यौं । हामी राम्रो शिक्षा दीक्षा लिएर देश र जनताको सेवा गर्न चाहन्थ्यौँ । के गर्ने यहाँ त राज्यले पनि विद्यार्थीको दर्जा तोकेको रहेछ । दर्जा अनुसारको शिक्षा प्रणाली रहेछ । पढ्ने ठाउँ पनि छुट्टै । हुनेखाने र हुँदा खानेले पढ्ने फरक फरक । यस्तो बिभेदकारी राज्यको नीति देख्दा हामीमा त्यस्तो शिक्षा प्रणालिका विरुद्ध लाग्नुपर्छ र सबैमा समान शिक्षा प्रणालीको स्थापना गर्नुपर्छ भनेर अखिल(क्रान्तिकारी) मा आवद्ध भयौं । यो नेपाल कम्युनिस्ट पार्टी समर्थित विद्यार्थी संगठन थियो । तर यो पार्टी अहिले बिभाजन हुन पुगेको छ ।
हामीलाई थाहा छ । जनताका मुद्धाको, वर्गिय विभेदको समाधान कम्युनिस्ट हरूले नै गर्न सक्छन् । तर नेपालका कम्युनिस्टहरूमा आफ्नो स्वार्थ, निजि सम्पती र निजिकरका लागि नै मरिहत्ते गर्ने रोग देखियो । उनिहरूले यो आन्दोलनलाई आफ्ना नाता गोता र भाइ भतिजाहरूको भर्तीकेन्द्र मात्रै बनाए । जुन हामी युवाहरूका लागि निकै दु:खद छ । अब पछि बनेका पार्टीहरूले आन्दोलनको नेतृत्व गर्ने कुनै आधार हामीले देख्न सकेनौं । त्यसैले हामीले त्यहाँ बसिरहन उचित ठानेनौँ । अब हामी आजैका मिति देखि कुनै पनि पार्टी र संगठनमा नरहेको सम्पुर्णमा जानकारी गराउँदछौँ ।
नेपालको वाम र कम्युनिस्ट आन्दोलनलाई पुनर्जागृत गर्न युवाहरूको आन्दोलन र अभियान निर्माण गर्न सदा तत्पर रहनेछौँ ।
धन्यवाद सहित लालसलाम !!
बिरेन्द्र नेपाली स्टालिन (निकास बस्नेत)
स्मृति कार्की
२०७९/०२/२९

Comments
Post a Comment