विषय विज्ञप्ती
प्रेस विज्ञप्ति प्रीय विद्यार्थीसाथिहरू, अविभावकज्युहरू सहयोदा कमरेडहरु सम्पुर्णमा अभिवादन! म उच्च शिक्षा हासिंल गर्नका लागि देशको राजधानी आँए । राजधानीमा अध्ययन गर्दा हाम्रो राज्यले ज्ञान पनि किनबेच गरिरहेको देखे । म राम्रो शिक्षा दीक्षा लिएर देश र जनताको सेवा गर्न चाहान्थे । के गर्ने यहाँ त राज्यले पनि विद्यार्थीको दर्जा तोकेको रहेछ । दर्जा अनुसारको शिक्षा प्रणाली रहेछ । पढ्ने ठाउँ पनि छुट्टै । हुनेखाने र हुँदा खानेले पढ्ने फरक फरक । यस्तो बिभेदकारी राज्यको नीति देख्दा मलाई लाग्यो अब त्यस्तो शिक्षा प्रणालिका विरुद्ध लाग्नुपर्छ र सबैमा समान शिक्षा प्रणालीको स्थापना गर्नुपर्छ भनेर अखिल(क्रान्तिकारी) मा आवद्ध भए । यो नेपाल कम्युनिस्ट पार्टी समर्थित जनगणतान्त्रिक सम्पर्क मन्च थियो । तर यो पार्टी अहिले बिभाजन हुन पुगेको छ । हामीलाई थाहा छ । जनताका मुद्धाको, वर्गिय विभेदको समाधान कम्युनिस्ट हरूले नै गर्न सक्छन् । तर नेपालका कम्युनिस्टहरूमा आफ्नो स्वार्थ, निजि सम्पती र निजिकरणका लागि नै मर...