प्रेस वक्तव्य
प्रीय विद्यार्थी कमरेडहरू, साथिहरू, अविभावक ज्युहरू साथै जनसमुदायहरू , हामी विद्यार्थी हौँ ! हाम्रा लागि पनि श्रमजीवी जनताले निकै मेहनत गरेर आन्दोलनलाई यहाँ सम्म ल्याई पुर्याएका छन् । समाजको रुपान्तरण र अग्रगामी परिवर्तनका खातिर विद्यार्थी गंगालाल श्रेष्ठ , महान जनयुद्धमा प्रथम सहिद दिल बहादुर रम्तेल, एकीकृत जनक्रान्तिका क्रममा प्रज्वल शाही लगाएत हजारौं हजारले बलिदान गरेका छन् । संसार बदल्ने आन्दोलनमा बलिदान गर्ने महान सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली सहित रातो सलाम ! बेपत्ता कमरेडहरूप्रती उच्च सम्मान सहित उहाँहरूलाई सार्वजनिक गर्न माग गर्दछौं । र हामी घाईते योद्धाहरूको स्वास्थलाभको कामना गर्छौं । जेल हिरासतमा कठोर जीवन बिताईरहनुभएका महानुभाव /योद्धा ज्युहरूको सिघ्र रिहाईको माग गर्छौं । हामी उच्च शिक्षा हासिंल गर्नका लागि देशको राजधानी आयौं । राजधानीमा अध्ययन गर्दा हाम्रो राज्यले ज्ञान पनि किनबेच गरिरहेको देख्यौं । हामी राम्रो शिक्षा दीक्षा लिएर देश र जनताको सेवा गर्न चाहन्थ्यौँ । के गर्न...